Skip to content

Booksellers & Trade Customers: Sign up for online bulk buying at trade.atlanticbooks.com for wholesale discounts

Booksellers: Create Account on our B2B Portal for wholesale discounts

दिनभरि पानी परिरहन्छ: A collection of Nepa

by Tulasi Acharya
Save 1% Save 1%
Current price ₹1,449.00
Original price ₹1,470.00
Original price ₹1,470.00
Original price ₹1,470.00
(-1%)
₹1,449.00
Current price ₹1,449.00

Imported Edition - Ships in 18-21 Days

Free Shipping in India on orders above Rs. 500

Request Bulk Quantity Quote
+91
Book cover type: Hardcover
  • ISBN13: 9798295898549
  • Binding: Hardcover
  • Subject: N/A
  • Publisher: Page Turner
  • Publisher Imprint: Page Turner
  • Publication Date:
  • Pages: 154
  • Original Price: USD 15.0
  • Language: Nepali
  • Edition: N/A
  • Item Weight: 327 grams
  • BISAC Subject(s): Asian / General

तुलसी आचार्यका प्रस्तुत सङ्कलनका कवितामा जीवनका अनेकौंँ आयामहरूको मार्मिक र भावनात्मक चित्रण भएको छ । बाआमाको पहिरनको स्मृति र आफ्नो बालकले उजागर गरेका पुस्तान्तरका सम्झनामा लेखिएका कविताहरूबाट आरम्भ भएको सङ्ग्रहले विषयहरूको प्रयोगात्मक संयोजन गरेको छ । तिनमा बा र हजुरबाको, "आमाका भोगाइ"हरू अनि देशको सम्झनाको अत्यन्त मार्मिक प्रकारले प्रयोग गरिएको छ । कविताका विषयहरू साधारणदेखि लिएर अधिकाव्यिक, दार्शनिक र मातृभूमिजन्य शीर्षकहरूमा फैलिएका छन् । स्मृति र प्रणयरागको प्रयोग अनि आफू सम्प्रति कालमा बसेको भूमि जर्जियाले दिएका काव्यिक क्षणहरूमाथिका उद्गार यो सङ्कलनका कविताको अर्को सुन्दर पक्ष हो । नेपालमा आफ्नी पत्नीलाई लेखेको पत्र र नेपाल भूमिको स्मृतिसँग जोडिएर लेखेका कविताहरू मार्मिक र आकर्षक छन् । केही गद्यात्मक शैलीमा अनि कङ्क्रिट पोइट्रीको शब्दचित्रजन्य प्रयोग गरी लेखिएका कवितामा आचार्यको काव्यसाधनाको फराकिलो पक्ष भेटिन्छ । समग्रमा, योे जीवनका सहज, चुनौतीपूर्ण र भावात्मक पक्षमा लेखिएका पठनीय कविताहरूको सङ्कलन हो ।

- डा. अभि सुवेदी

प्रस्तुत कविता-सँगालोमा तुलसी आचार्य प्

Acharya, Tulasi: - नेपालमा जन्मिएका डा. तुलसी आचार्य सन् २००८ देखि अमेरिकामा बसोबास गर्दै साहित्य, शिक्षा र अनुसन्धानमा सक्रिय छन् । उनले केनेसज स्टेट विश्वविद्यालयबाट प्रोफेशनल राइटिङमा स्नातकोत्तर, महिला अध्ययनमा स्नातकोत्तर, फ्लोरिडा एटलान्टिक विश्वविद्यालपबाट सार्वजनिक प्रशासनमा विद्यावारिधि तथा जर्जिया कलेजबाट क्रिएटिभ राइटिङमा एमएफए हासिल गरेका छन् । हाल साउथ जर्जिया स्टेट कलेजमा अंग्रेजी अध्यापन गर्छन् । उनका दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् । अंग्रेजी पुस्तक Running from the Dreamland, Like Water on Leaves of Taro तथा नेपाली उपन्यास मोचन र स्वप्रभूमि चर्चित कृति हुन् । उनले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजबाट होमनाथ सुवेदी डायस्पोरा उत्कृष्ट साहित्य पुरस्कार प्राप्त गरेका छन् ।www.tulasiacharya.com

Trusted for over 49 years

Family Owned Company

Secure Payment

All Major Credit Cards/Debit Cards/UPI & More Accepted

New & Authentic Products

India's Largest Distributor

Need Support?

Whatsapp Us